September 23, 2026 1:39 pm
WhatsApp Image 2026-09-23 at 12.27.04 PM

अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा सहभागी हुन न्युयोर्क पुगेका दुई विदेशमन्त्रीहरूबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
भेटमा दुवै विदेशमन्त्रीले आपसी हितका विभिन्न विषयमा छलफल गर्दै नेपाल र भारतबीचको लामो समयदेखिको घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *