August 25, 2026 10:19 am
WhatsApp Image 2025-04-23 at 2.48.11 PM

कोशी राजमार्गको संखुवासभाको भोटखोला भागमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका-३, अल्फाटेमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए।

मंगलबार राति परेको वर्षाले गर्दा एकुवा नदीमा कटान भएपछि पहिरो गएको हो। उनले सडक खाली गर्न पहिरोबाट ढुङ्गा हटाउने काम भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *