February 3, 2025 11:05 pm
Capture
एजेन्सी: गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको शव परिवारले बुझेको छ । आजै बेलुकी अन्त्येष्टिको तयारी रहेको मृतकका मामा उत्तम खड्काले बताए ।



प्रहरीले शव परीक्षण तथा पोष्टमार्टमका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको थियो । तर, मृत्युको यकिन कारण खुलिनसकेको खड्काले बताए ।

‘दुई दिनदेखि शव ढाडिएको रहेछ, त्यसैले कारण खुलेन’, उनले भने । खड्काको अन्त्येष्टि पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *