October 31, 2025 10:45 pm
Capture
एजेन्सी:  जल तथा मौसम विज्ञान विभागले अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको जनाएको छ ।

विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारणले मंगलबार देशभर मौसम बदली भएको जानकारी दिइन् । गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

अहिलेको बर्षाले कुनै असर नपर्ने भएपनि बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको पोखरेलको भनाइ छ ।

हिमाली भेटमा बढी हिमपात हुने देखिएकाले सतकर्ता अपनाउनुपर्ने विभागले जनाएको छ । पोखरेलले पोष्ट मनसुन नेपालका लागि राम्रो मौसमको समय भएपनि बेला बेला बंगालको खाडी वा अरब सागरमा बन्न चक्रवातले सामान्य वर्षा हुने बताइन् ।

अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर सकिएपछि दुई तीन दिनपछि अर्को चक्रवातका कारण मौसममा बदली हुन सक्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *