October 20, 2025 4:28 pm
Capture

 एजेन्सी:नेकपा एमालेको केन्द्रीय कमिटी बैठक २२ वटा निर्णय गर्दै यही असोज ३१ मा सकियो । जेन-जी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किरहेको बेला र पार्टी सत्ताच्यूत भएपछिको यो पहिलो बैठकलाई आम चासोका साथ हेरिएको थियो

केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोलेका विषयलाई व्यवस्थित ढंगले टिपोट गरेर पेश गर्न तीन सदस्यीय बहस नोट कमिटी बनेको थियो । बहस नोट कमिटीमा पोलिटब्युरो सदस्य सूर्य थापा, निरज आचार्य र विष्णु रिजाल थिए । एमालेका पछिल्ला बैठक र सम्मेलनमा बहस नोट कमिटीमा यिनै नेता रहने गरेका छन् ।

केन्द्रीय कमिटी बैठकमा यसपटक ३२८ जनाले बोलेका थिए । प्रत्येक सदस्यले पाएको ३ मिनेट समयभित्र बोलेका वा सुझाव दिएका विषयलाई बहस नोट कमिटीमा रहेका नेताहरूको डायरीमा टिपेका थिए ।

यसपटक एमाले बैठक चलिरहँदा विद्या भण्डारीलाई सदस्यता खुलाएर स्वागत गर्ने र अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला घटनाक्रमको नैतिक जिम्मेवारी लिएर नेतृत्व हस्तान्तरण गर्ने विषय मिडियाका हेडलाइन र सोसल मिडिया गसिप बने ।

के बाहिर आएजस्तै एमालेमा ओलीको बहिर्गमन र विद्याको पुनरागमनको पक्षमा धेरै नेता खुलेका हुन् त ? नेपाल प्रेसले बहस नोट डायरी पल्टाएर क-कसले यो विषयमा बोले भन्ने तथ्य निकालेको छ ।

केन्द्रीय कमिटी बैठकअघि बसेको सचिवालय बैठकमा बहुमत पदाधिकारीले ओलीलाई नेतृत्व छाड्न सुझाव दिएको चर्चा भएको थियो । यद्यपि ओलीले महाधिवेशनमा जाने निर्णय गरिसकेकाले केन्द्रीय कमिटीमा उनको राजीनामाको विषय कमजोर बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *