एजेन्सी: आज (मंगलबार) सुनको मूल्य १४०० सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० मा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी प्रतितोला ४५ रुपैँयाले घटेर तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
