गत भदौ २३ र २४ गते नेपालमा भएको जेन जी आन्दोलनको समयमा काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छवि रिजाल पक्राउ परेका छन् ।प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । जेनजी आन्दोलनको विषयमा जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा प्रहरीले सीडीओ रिजाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आयोगको प्रतिवेदन कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो । जेन जी आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गरेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
