October 17, 2025 9:01 pm
WhatsApp Image 2025-04-09 at 2.52.02 PM

नेपालका लागि जापानी राजदूत माइदा तोरुले वीरगंजका मध्ययुगीन पवित्र स्थलहरूको भ्रमण गर्नुभएको छ। सिमरा विमानस्थलबाट राजदूत तोरु सिधै वीरगंजको ऐतिहासिक तथा धार्मिक स्मारकहरूको भ्रमण गर्नुभएको छ। उनले आज बिहान वीरगंजको प्रसिद्ध गहवामाई मन्दिरमा पूजाआजा गर्दै बिताउनुभएको छ। दूतावासका कर्मचारीहरूसहित आएका जापानी राजदूतले वीरगंजको घण्टाघर र घडियारवा पोखरीको भ्रमण गर्ने अपेक्षा गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार राजदूत तोरु वीरगंज महानगरपालिकाको केही कामको सिलसिलामा वीरगंज आइपुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *