एजेन्सी: नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले व्यक्तिको व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुनसक्ने चेतावनी दिएकी छन्।
जारी केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष माधव नेपालले माओवादीसँग एकता गर्ने निर्णय गराउन जोडबल गरेपछि नेतृ झाँक्रीले यस्तो चेतावनी दिएकी हुन्।
उनले भनेकी छन्, ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन।’
बहुमतको आधारमा अध्यक्ष नेपालले माओवादीसँग एकता गर्ने निर्णय बैठकबाट गराउन खोजेपनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित उनीहरूनिकट नेताहरू विपक्षमा छन्।