February 5, 2025 9:34 am
Capture


एजेन्सी: नेपाल ट्रक यातायात व्यवसायी महासंघले सम्बन्धित निकायले भार मापनमा लापरवाही गर्दा बुटवल-नारायणगढ खण्डको दुम्कीबासमा पुल भाँचिएको आरोप लगाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अत्याधिक भारवाहन गरि भारतीय ट्रक सञ्चालन हुँदा दुम्कीबासमा रहेको बिनय खोलाको पुल भाचिएको भन्दै भार मापनमा लापरवाही गर्ने निकायलाई कारबाही गर्न समेत माग गरेको छ ।

भारवहन नियमन सम्वन्धि कार्यविधि २०७१ (संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणित कागजात लिएर हिड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उलंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालबहाक सवारी साधनको निर्वाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको छ

त्यस्तै, मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धी कार्यविधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाले बताए ।

त्यस्तै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल बस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाइनुपपर्ने महासंघले जनाएको छ । त्यस्तै नेपालका जिर्ण पूल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह राख्निुपर्ने सुझाव दिएको छ ।

यही पुस २६ गते भारतीय नम्बर प्लेटको ट्रक पास हुने क्रममा विनय खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि अस्थायी बाटो बनाएर आवतजावत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *