October 31, 2025 10:59 pm
Capture


एजेन्सी: नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी दाङले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे ।

´जेन-जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन । कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम हो`, उनले भने ।

जेन-जी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्रविरोधी स्वार्थी तत्वले घुसपैठ गरेको जिकिर गरे । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजीओ र आईएनजीओको भएको दाबी गरे ।

सरकारले गैर सरकारी संस्थालाई जेन-जी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैर सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *