April 13, 2026 3:32 pm
WhatsApp Image 2026-04-13 at 1.18.36 PM

काठमाण्डु नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । ओलीको पित्तथैलीमा रहेको ढुंगा सोमबार निकालिएको छ । त्रिवि शिक्षण अस्पतालमा डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो । ओली हाल त्रिवि शिक्षण अस्पतालको आईसीयूमा छन् । उनको पित्तथैलीमा रहेको ढुंगा २२ एमएमको रहेको चिकित्सकहरूले बताएका छन् । नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *