October 31, 2026 3:42 pm
WhatsApp Image 2026-10-31 at 12.21.47 PM

डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन् ।
कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् ।
‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी गिरीसहितको टोली कारागार पुगेको छ ।
घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ।
घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *