October 28, 2026 3:40 pm
WhatsApp Image 2026-10-28 at 2.05.48 PM

काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले उपत्यकाबाट नै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको जनाएको हो।
आफ्नो नागरिकता आगलागी वा पानीले भिजी नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा पाउनेछन्।
सूचनाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्। ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सेवा पाउनेछन्। त्यस्तै, भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको छ।
तर, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका व्यक्तिको हकमा नागरिकता प्रमाणपत्रबाहेकका जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली ९एनआईडीएमआईएस० र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली ९सीसीआईएमएस० मा रहेको विवरणसँग भिडेको अवस्थामा मात्रै प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख छ।
अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा प्रारम्भिक जाँचमै शंकास्पद देखिएका नागरिकता बाहकलाई भने साविकमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *