October 3, 2026 2:09 pm
WhatsApp Image 2026-10-03 at 1.52.24 PM

लुम्बिनी प्रदेशमा कुष्ठरोगका बिरामीको संख्या उल्लेख्य रहेपछि प्रदेश सरकारले रोगको पहिचान र नियन्त्रणका लागि छाला रोग स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ ।
लुम्बिनी प्रदेशमा हाल ५४७ जना कुष्ठरोगका बिरामी रहेको स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले जानकारी दिएकी छन् । नेपालमा आर्थिक वर्ष २०८१र८२ मा दुई हजार ४०९ जना नयाँ कुष्ठरोगी पहिचान भएको तथ्यांक छ ।
कुष्ठरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षमा प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् ।
नेपाल कानुन समाजले आयोजना गरेको ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले समयमै पहिचान र उपचारका लागि थप प्रभावकारी पहल आवश्यक रहेको बताए ।
स्वास्थ्य सचिव श्रेष्ठका अनुसार कुष्ठरोगका कारण हुने लाञ्छना र भेदभाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।
मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोग लागेका व्यक्तिले सामाजिक लाञ्छना र विभेदको डरले रोग लुकाउने अवस्था रहेको बताए । पछिल्लो समय यस्तो अवस्था क्रमशः कम हुँदै गए पनि रोगबारे जनचेतना अभिवृद्धिका लागि थप काम गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *