October 2, 2026 2:20 pm
WhatsApp Image 2026-10-02 at 1.58.11 PM

वरिष्ठ संगीतकार तथा संगीत गुरु जिबेश चाम्लिङ राईको ६५ वर्षमा निधन भएको छ। संगीत सँगै उनी विद्यालयमा बालबालिकालाई सांगीतिक प्रशिक्षण दिने गर्थे।
नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका जिबेशको निधन बुधबार राति २ बजे हेम्स अस्पतालमा भएको हो। उनको निधन उपचारको क्रममा भएको पारिवारिक स्रोतले जनाएको छ। उक्त अस्पतालमा उनको ब्रेन तियूमरको उपचारको भइरहेको थियो।
निधनपछि संगीतकार वसन्त सापकोटाले सामाजिक सञ्जालमा लेखे, ‘चर्चित गायिकाद्वय र मेलिना राईको बुवा संगीतकार तथा साङ्गितिक गुरु आदरणीय जिबेश चाम्लिङ राई ज्युको गयराति हेम्स अस्पताल धुम्बाराहिमा उपचारको क्रममा दुखद निधन भएको खबरले स्तब्ध छु। बहिनीहरू लगायत सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस कामना गर्द्छु।’
वसन्त सापकोटाले शोक व्यक्त जारी गर्दै पारिवारलाई धैर्यधारण गर्न आग्रह गरेका छन्। शुक्रबार बिहान ८ बजे जिबेशको धार्मिक परम्पराअनुसार उनकै जन्मथलो मोरङमा अन्त्येष्टि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *