October 2, 2026 10:32 pm
WhatsApp Image 2026-10-02 at 1.19.21 PM

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन्।
महासभामा जेनरल डिबेटमा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उनले स्पष्ट पारे।
उनले प्रधानमन्त्रीको बालेन शाहको संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको दावी गरे। प्रधानमन्त्रीको उक्त सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मुलभूत पक्षहरू उजागर भएको उनको भनाइ छ।
मन्त्री खनालले जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गरेको प्रधानमन्त्रीको सम्बोधनले विश्वको ध्यान खिच्न सफल भएको बताए।
परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घीय महासभामा भाग लिने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल तथा विभिन्न सत्रलाई सम्बोधन गरेको पनि अवगत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *