August 18, 2026 10:18 pm
WhatsApp Image 2026-08-18 at 3.16.36 PM

काठमाडौँ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ५ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री निकट नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिएका हुन् ।
सांसद भण्डारीका अनुसार सत्ता साझेदार दल फेरिएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । ‘नेपाली कांग्रेसले अहिलेसम्म समर्थन फिर्ता लिइसकेको छैन, तर नेकपा सरकारमा सहभागी भइसकेकाले नैतिकताका आधारमा मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुनेछ,’ भण्डारीले भने ।
सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताएका थिए ।
यता, सरकारलाई समर्थन दिएको नेपाली कांग्रेसले भने अहिलेसम्म समर्थन फिर्ता लिएको छैन । बुधबार संसदीय दलको बैठक बसेर यसबारे आधिकारिक निर्णय गरिने कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए । थापाका अनुसार मुख्यमन्त्रीले विश्वासको मतका लागि आग्रह गरिसकेका छन् । ‘यस अगाडि प्रतिनिधिसभामा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेर पनि कांग्रेस प्रमुख प्रतिपक्षी भएर बसेको नजिर छ, कोशीमा पनि त्यस्तै अवस्था आउन सक्छ,’ थापाले भने ।
यद्यपि, दलका उपनेता हिमाल कार्कीले भने भोलि बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने बताएका छन् । अर्कोतर्फ, सत्ता साझेदार दल नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने विषयमा आजै छलफल हुने जानकारी दिएका छन् । मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गएको साउन ९ गते भएको एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नेकपा सोमबार कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *