Loading...

यी हुन् बन्दागोभी खाँदा मिल्ने ६ फाइदा

Loading...

वजन घटाउन

बन्दागोभीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउने खोज्नेहरूका लागि यो लाभदायक हुन्छ ।

दिमाग तेजिलो बनाउन

बन्दागोभीमा भिटामिन–के र एन्थोक्यानिन्सजस्ता तत्व प्रचुर मात्रामा पाइन्छ, जसले दिमागलाई स्वस्थ र तेजिलो बनाउन मद्दत गर्छन् । यिनले स्नायुलाई खराब हुनबाट जोगाउने र अल्जाइमरजस्ता बिर्सिने रोगसँग लड्ने क्षमतासमेत बढाउने गर्छ ।

सुन्दर बन्न

चिल्लो छाला हुने र डन्डीफोर आइरहने समस्या छ भने बन्दागोभीको तरकारी, सलाद खादि खाइरहने गर्नुपर्छ । यसमा पाइने सल्फरले छालासँगै कपाल र नङलाई पनि सुन्दर बनाउँछ ।

शरीरका विकार फाल्न

बन्दागोभीमा भिटामिन–सी र सल्फर प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा जम्मा भएका विकारलाई शरीरबाट निकास गरिदिन्छ । बाथ रोग, युरिक एसिड र छालासम्बन्धी रोग लाग्ने जोखिमलाई पनि यसले कम गरिदिन्छ ।

क्यान्सरको जोखिम घटाउन

बन्दागोभीमा पाइने लुपिओल, सिनिग्रिन र सल्फोराफेनजस्ता तत्वले शरीरभित्र क्यान्सरको ट्युमर बढ्ने जोखिम कम गर्छ । बन्दागोभी खाइरहने महिलामा स्तन क्यान्सर देखा पर्ने जोखिम कम रहेको अध्ययनबाट पुष्टि भइसकेको छ ।

रक्तचाप नियन्त्रणमा राख्न

बन्दागोभीमा पोटासियम प्रचुर मात्रामा पाइने भएकाले यसले रक्तवाहिनी नलीहरूलाई सुचारु राखी रगतको बहावलाई नियमित गरिदिन्छ, जसले गर्दा रक्तचाप थपघट हुने जोखिम घट्छ ।

Loading...

यसमा तपाइको कमेन्ट लेख्नुहोस् ।